
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्महरू नचल्ने सूचना जारी गरेको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालको प्लेटफर्मलाई व्यवस्थित गर्ने निर्देशिका,२०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म निष्क्रिय पार्ने निर्णय गरेसँगै एनसेलले यस्तो सूचना जारी गरेको हो ।
‘प्राधिकरणको निर्णयसँगै एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्महरू नचल्ने अग्रिम जानकारी गराउँछौं,’ एनसेलले जारी गरेको सूचनामा भनिएको छ, ‘यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।’
एनसेलले टिकटक र भाइबर लगायत दर्ता भएका सामाजिक सञ्जालका प्लेटफर्म भने एनसेल डाटा सेवामार्फत् चलाउन सकिने पनि जानकारी गराएको छ ।
