०७ साउन २०८३, बिहीबार

बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाले दिए आवेदन

भदौ २१, २०८२
काठमाडौं
बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाले दिए आवेदन

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षका लागि १४ जनाको आवेदन परेको छ ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सात दिनको समय राखेर आवेदन आह्वान गरेको थियो ।

निर्धारित समयमा १४  जनाले दरखास्त आवेदन दिएको सिफारिस समितिले जनाएको छ ।

समितिका अनुसार ललितपुरका घनश्याम बुढाथोकी,काठमाडौंका विक्रान्त पाण्डे, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, चिन्तामणी शिवाकोटी, डा. राजेन्द्र पण्डित र रमेश कुमार भट्टराई, भक्तपुरका पारस काफ्ले र महेश्वर न्यौपानेको आवेदन परेको छ ।

यसैगरी, कास्कीका डा. दामोदर बसौला, झापाका ज्ञानेन्द्र अधिकारी, मोरङका देव कुमार ढकाल, लमजुङका प्राडा. दिपक बहादुर भण्डारी र दाङका यज्ञ प्रसाद न्यौपानेको आवेदन परेको छ ।

प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले हटाएपछि नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । 

null

कमेन्ट गर्नुहोस्