११ साउन २०८३, सोमबार

प्रधान सेनापतिको भिडियो सम्बोधन : आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान

भदौ २४, २०८२
काठमाडौं
प्रधान सेनापतिको भिडियो सम्बोधन : आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान

 प्रधान सेनापति अशोकराज सिग्देलले देशका विभिन्न भागमा भइरहेका जेनजी आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

उनले आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरेका छन्।

प्रधान सेनापति सिग्देलले मंगलबार एक भिडियो सम्बोधनमार्फत नेपालको इतिहासदेखि नै नेपाली सेना देशको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि प्रतिबद्ध रहँदै आएको तथ्य स्मरण गराएका छन्।

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाको तर्फबाट हार्दिक समवेदना र सहानुभूति प्रकट गरेका छन्। साथै, घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
सिग्देलले जनधनको थप क्षति हुन नदिन, शान्ति, सुरक्षा, अमन चयन एवं राष्ट्रिय एकता र सद्भाव कायम राख्नु हामी सबै नेपालीको साझा दायित्व भएकोमा जोड दिएका छन्। उनले वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिकहरूको सम्पत्ति, आम नागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य रहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्