०८ असार २०८३, सोमबार

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?

भदौ २९, २०८२
काठमाडौं
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३२, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो २२, आलु रातो प्रतिकिलो ५० रुपैयाँ छ । 

यस्तै आलु रातो (भारतीय) प्रतिकिलो ३६, आलु रातो (मुडे) प्रतिकिलो ४४, प्याज सुकेको भारतीय प्रतिकिलो ३७, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ९०, लोकल बन्दा प्रतिकिलो ४५, काउली स्थानीय प्रतिकिलो ३५, रातो मूला प्रतिकेजी ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो १५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो १००, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ।
त्यसैगरी, पिँडालु प्रतिकिलो ६५, स्कूस प्रतिकिलो १५, रायोसाग प्रतिकिलो १००, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १४०, च्याउ (डल्ले) प्रतिकिलो २८०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो १२०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २२०, रातो बन्दा प्रतिकिलो १२०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो ३५०, पार्सले प्रतिकिलो ९००, सौफको साग प्रतिकिलो ३००, पुदिना प्रतिकिलो ८००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) प्रतिकिलो २५०, केरा (दर्जन) १५०, कागती प्रतिकिलो १४०, अनार प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ५०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो (लोकल) प्रतिकिलो ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, नास्पाती (लोकल) प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ९० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५० निर्धारण गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्