२३ जेठ २०८३, शनिबार

लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलियाको उपाधि

भदौ २९, २०८२
काठमाडौं
लिला तिवारी पौडेलले जितिन् मिसेस नेपाल अष्ट्रेलियाको उपाधि

मिसेस नेपाल अष्ट्रेलिया २०२५ को  फाइनल २०२५ सेप्टेम्बर १३ मा अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न भयो। प्रतिष्ठित ताज लिला तिवारी पौडेलले जितिन्। ताजसँगै उनले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्।

पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पारिन्, जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जितिन्। उनले ६०० अष्ट्रेलियन डलर नगद, ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जितिन्। उनलाई ४०० अष्ट्रेलियन डलर, २०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो।

विजेता लिला तिवारी पौडेल बुटवल, नेपालकी रहिवासी हुन् र हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्छिन्। उनी पेशाले  नर्स हुन् र आफ्नो पेशाप्रति गहिरो रुचि राख्छिन्। पेशागत जीवन बाहेक उनी यात्रा गर्न  मन पराउँछिन्।

यस प्रतियोगिताको पहिलो संस्करणमा अष्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए। यो मात्र सौन्दर्य प्रतियोगिता नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सव पनि थियो। प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत् उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो।

आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गरेका छन्

कार्यक्रमलाई नेपालका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले मार्गदर्शन, कोरियोग्राफी साथै कार्यक्रम सञ्चालन गरेका थिए। 
 

salt training

कमेन्ट गर्नुहोस्