०७ साउन २०८३, बिहीबार

काठमाडौं उपत्यकामा ८ वटा सेक्टर बनाएर एसपी परिचालित

भदौ २९, २०८२
काठमाडौं
काठमाडौं उपत्यकामा ८ वटा सेक्टर बनाएर एसपी परिचालित

जेनजीको प्रदर्शनमा उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेपछि काठमाडौं उपत्यकामा ८ वटा सेक्टर बनाएर प्रहरी उपरीक्षक (एसपी)हरूलाई परिचालित गरिएको छ ।

प्रहरीको मनोबल बढाउने र कामकारबाहीमा समन्वयात्मक भूमिका खेल्न उनीहरूलाई परिचालित गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, काठमाडौं उपत्यकालाई ८ वटा सेक्टरमा विभाजन गरेर त्यहाँ छुट्टाछुट्टै कमान्डर तोकेर पठाइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अपरेसन समन्वय गर्न भनेर पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई काठमाडौं झिकाइएको छ । उनी यसअघि डीएसपी हुँदा काठमाडौंमै अपरेसन प्रमुखको रूपमा कार्यरत थिए ।

भट्टराईसहित एसपीहरू दीपक श्रेष्ठ, कवित कटुवाल, रामेश्वर पौडेल, रुगम कुँवर, डीबी मल्ल, केशव भट्टराई र बालनसिंह राणालाई उपत्यकाको सुरक्षा सुदृढीकरणमा समन्वय गर्ने गरी परिचालन गरिएको प्रहरी मुख्यालयका एक अधिकृतले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार, एसपी दीपक श्रेष्ठलाई कालीमाटी, कीर्तिपुर र थानकोट क्षेत्रको जिम्मेवारी दिइएको छ ।

एसपीद्वय कवित कटुवाललाई सातदोबाटो क्षेत्र र रामेश्वर पौडेललाई दरबार मार्ग, सोह्रखुट्टे र जनसेवा क्षेत्रमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

बानेश्वर र सिंहदरबार क्षेत्रमा समन्वय गर्ने गरी एसपी रुगम कुँवर र एसपी डीबी मल्ललाई बालाजु र स्वयम्भू वृत्तसँग समन्वय गर्न जिम्मेवारी तोकिएको छ ।

एसपी केशव भट्टराईलाई गौशाला र बौद्धमा खटाइएको छ । उनी यसअघि डीएसपी रहँदा प्रहरी वृत्त बालाजुमा कार्यरत थिए ।

अर्का एसपी बालनरसिंह राणालाई महाराजगञ्ज र मालीगाउँमा खटाइएको छ ।

कमेन्ट गर्नुहोस्