
मकवानपुरमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका- १ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङ छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रमेशले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।