
आईजेएमडी एसएस पाइप्सले ‘म्याट्रिक्स फाइट नाइट’का विजेता रवीन्द्र ढाँटलाई एम्बेस्डर नियुक्त गरेको छ ।
१० वर्षभन्दा बढीको अनुभवसहित उच्च गुणस्तरीय स्टेनलेस स्टील पाइप उत्पादन गर्दै आएको जय मातादीको आईजेएमडी एसएस पाइप्सले आफ्नो ब्रान्ड छविलाई अझ सबल बनाउन ढाँटलाई आधिकारिक ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
उनी नेपालबाट अन्तर्राष्ट्रिय मिक्स्ड मार्सल आर्टस् (एमएमए) च्याम्पियन बन्ने पहिलो खेलाडी हुन् ।
चिपागढ, रुपन्देहीस्थित अत्याधुनिक प्रविधियुक्त उत्पादनबाट निरन्तर गुणस्तर र स्थायित्वमा ध्यान दिँदै आएको आईजेएमडी एसएस पाइप्स नेपालभरका ग्राहकबीच विश्वसनीय नाम बन्दै आएको छ।
रवीन्द्र ढाँटको जनप्रियता, सकारात्मक छवि र ईमानदार व्यक्तित्वले कम्पनीको ‘गुणस्तर, स्थायित्व र विश्वास’ भन्ने मूल्यमान्यतालाई अझ मजबुत गर्ने विश्वास आईजेएमडी एसएस पाइप्सले लिएको छ।
यस सहकार्यसँगै आईजेएमडी एसएस पाइप्स अब केवल पाइप मात्र होइन, टिकाउ भविष्य र आधुनिक संरचनाको प्रतीक बन्ने यात्रामा अझ अघि बढ्ने कम्पनीले जनाएको छ । जहाँ रवीन्द्र ढाँट ब्रान्डको विश्वसनीयता र पहिचानलाई नयाँ उचाइमा पुर्याउने पात्र बन्नेछन् ।