२९ असार २०८३, सोमबार

तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

असोज १, २०८२
बाँके
तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

 बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटालाई प्रहरीले सो आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । 

पाठकलाई नेपालगञ्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको जानकारी दिँदै उनले पाठक आगजनी र तोडफोडमा, टमाटा लुटपाटमा संलग्न रहेको बताए । 
जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन सूचना जारी गरेको केही दिनमै उनीहरु पक्राउ परेका हुन् । 

नेपालगञ्जमा जेनजी प्रदर्शनका क्रममा दर्जनौँ सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्