
इन्टरनेट सेवा प्रदायक कम्पनीले भायानेटले यस वर्षको दशैँलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।
प्रत्येक वर्ष दशैँमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको छ।
यो दशैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् ।
यस अफर अन्तर्गत ३ हजार पर्ने मेस राउटर ५०० छुटसहित २ हजार ५०० रूपैयाँमा उपलब्ध हुनेछ। त्यस्तै, १० हजार ७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए ३६ छुटसहित ८ हजार २९९ रूपैयाँमा पाइने कम्पनीले जनाएको छ ।
साथै, ४३ इन्चको हिमस्टार स्मार्ट टीभी २७ हजार ९९९ मा किन्न सकिने कम्पनीको भनाइ छ ।
यससँगै, ८ हजार ४०० माथि ईसेवा एपमार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमो कोड (PromoCode) VIA300 हालि ३०० रूपैयाँ क्यासब्याक पाउनेछन् ।
साथै, ग्राहकहरूले स्पिन द ह्वेल (Spin the Wheel)मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन् । यस स्पिनमार्फत् थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिने कम्पनीले जनाएको छ ।