
दसैँमा हुने सवारीको चापलाई लक्षित गर्दै नागढुंगा सुरुङमार्ग आंशिक रूपमा खोल्ने तयारी भइरहेको छ। हाल यसबारे ठेकेदार, परामर्शदाता र सुरक्षा निकायबिच छलफल चलिरहेको सडक विभाग स्रोतले बतायो ।
विभागका अनुसार सुरुङमार्गलाई अबको केही दिनमै यात्रुबहाक बसका लागि मात्र खोल्ने तयारी गरिएको छ। प्रारम्भिक चरणमा निजी सवारीसाधनलाई प्रवेश नदिइने र केवल यात्रु बसलाई आवागमनको अनुमति दिने प्रस्तावमाथि छलफल भइरहेको स्रोतले जनायो ।
छलफल टुंगिएपछि सुरुङमार्ग खुल्ने मिति आधिकारिक रूपमा घोषणा गरिने विभागको भनाइ छ ।