
पाल्पामा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामपुर नगरपालिका- ५ रानाटोल बस्ने २० वर्षीय अशिल श्रेष्ठ र सोही नगपालिका- ४ दधरान बस्ने २० वर्षीय प्रवेश मल्ल छन् ।
उनीहरूलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।