२७ जेठ २०८३, बुधबार

१११ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

असोज ५, २०८२
काठमाडौं
१११ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले बढेको छ ।

आइतबार नेप्से परिसूचक १११.७० अङ्कले बढेर २६२३.६२ को विन्दुमा कायम भएको छ ।

आज २ करोड ३२ हजार २२३ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो कारोबारका दिन बिहीबार शेयर बजार एक घन्टाभित्रै ६ प्रतिशतले घटेर दिनभरको कारोबार नै बन्द भएको थियो । 

उच्च अङ्कले बढेको बजारमा ९ कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

आज सिन्धु विकास बैङ्क, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गुडविल फाइनान्स, सिभम सिमेन्टस, जोशी हाइड्रोपावर डेभलपमेन्ट, अपी पावर कम्पनी, अखुँ खोला जलविद्युत कम्पनी र बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

आइतबार बजार पुँजीकरण ४३ खर्ब ८५ अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्