२९ असार २०८३, सोमबार

कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या !

असोज ५, २०८२
काठमाडौं
कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या !

ललितपुरको नख्खु कारागारबाट भागेका एक जना कैदीले श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका सन्तबहादुर तामाङले श्रीमती मनीषा घ्यावा तामाङको हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेपछि उनी फरार छन् । जबरजस्ती करणी मुद्दामा जेल परेका तामाङ जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

उनले भने, ‘हामीलाई प्राप्त सूचनाअनुसार सन्तबहादुर नख्खुबाट भागेर केही दिन अघिमात्रै घर आएका थिए, उनले पारिवारिक विवादमा श्रीमतीको हत्या गरेर भागेका छन् ।'

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्