२९ जेठ २०८३, शुक्रबार

मनाङका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा​​

असोज ५, २०८२
काठमाडौं
मनाङका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा​​

मनाङका अत्यन्तै दुर्गम र विकट स्थानमा नेपाल टेलिकमले नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवा सञ्चालन तथा गुणस्तर वृद्धि गरेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाको वडा नम्बर १ पिसाङ, वडा नम्बर ३ ङावल, वडा नम्बर ८ टंकी मनाङ र वडा नम्बर ९ खाङसारमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । उक्त क्षेत्रमा यही असोज ४ गतेदेखि फोरजी सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

यस भन्दा अगाडि उक्त क्षेत्रमा भी-स्याट प्रविधिबाट 'टू'जी सेवा मात्रै सञ्चालनमा थियो ।

भौगोलिक विकटताका कारणले रेडियो लिङ्कबाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीशहर-खाङसार एडीएसएस लिङ्क सञ्चालन भएपछि उक्त क्षेत्रमा फोरजी मोबाइल सेवा सञ्चालन सम्भव भएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा फोरजी मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ ।

यस्तै, स्थानीय र हाइड्रोपावर क्षेत्रमा काम गर्नेहरूको मागलाई सम्बोधन गर्दै चामे गाउँपालिका- ३ स्थित कोटोगाउँमा नयाँ बीटीएस स्थापना गरी टू जी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्