२८ जेठ २०८३, बिहीबार

एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

असोज ७, २०८२
काठमाडौं
एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ ।

उक्त सहकार्यअन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्यूआरमार्फत भुक्तानी गर्दा ५ हजार रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा उपलब्ध हुने छ । यो छुट चाडपर्वको समयमा मात्र लागू हुने बैंकले जनाएको छ । 

यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ ।

छुट प्राप्त गर्नका लागि ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनुपर्ने छ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ ।​

एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।

साथै, बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ ।​​

एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्