२५ जेठ २०८३, सोमबार

युलेन्स फाउन्डेसनको वक्तव्य- आरजुको लगानी छैन, आन्दोलनमा ८३ गाडी र ८ भवन जले

असोज ८, २०८२
काठमाडौं
युलेन्स फाउन्डेसनको वक्तव्य- आरजुको लगानी छैन, आन्दोलनमा ८३ गाडी र ८ भवन जले
आगलागी हुनुअघिको विद्यालय भवन ।

काठमाडौं र ललितपुरमा विद्यालय सञ्चालन गरिरहेको युलेन्स फाउन्डेसनले आफ्नो संस्थामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाको कुनै लगानी नरहेको प्रस्ट पारेको छ ।

बुधबार एक सार्वजनिक वक्तव्य जारी गर्दै फाउन्डेसनले  राणा स्कूलको व्यवस्थापन समितिको अध्यक्ष मात्र रहेको जनाएको छ । खासगरी माओवादी द्वन्द्वकालमा विद्यालय सञ्चालनका लागि परेको कठिनाइका बेला उनलाई अध्यक्ष बनाइएको र त्यो क्रम अहिलेसम्म जारी रहेको जनाएको छ ।

तर, केही सञ्चारमाध्यममा आएजस्तो फाउन्डेसन कांग्रेस नेतृ राणाको नाफा कमाउने व्यवसाय नरहेको दाबी गरिएको छ । ‘पछिल्लो समयमा राजनीतिमा सक्रिय भएपछि उहाँले विद्यालयबाट अलग हुने प्रस्ताव गर्नुभएको थियो । परराष्ट्रमन्त्री बनेपछि म विद्यालयबाट अलग हुन्छु भन्नुभएकै थियो’, फाउन्डेसनले भनेको छ, ‘उहाँबाट असजिलो समयमा प्राप्त सहयोग र संरक्षणलाई स्वार्थवश भुल्न उचित हुँदैन भन्ने संस्थालाई लागेकै हो र घटना घटेको दिनसम्म उहाँ व्यवस्थापन समितिका बस्दा ‍औपचारिक रूपमा युलेन्सको कुनै पनि अभिभावक वा युलेन्स समुदायबाट उहाँ संस्थाबाट हट्नुपर्छ भन्ने औपचारिक रूपमा आग्रह नआएको जानकारी गराउन चाहन्छौं ।’

तर, अफवाहका कारण फाउन्डेसनले सञ्चालन गरेका विद्यालय भदौ २४ गतेको जेनजी आन्दोलनको निशानामा परेको वक्तव्यमा उल्लेख छ । उक्त दिनको घटनाबाट विद्यालयको ललितपुर खुमलटारस्थित ५ वटा भवन, काठमाडौंको बाँसबारीमा रहेका ३ वटा भवन, काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफोड र आगजनी भएको फाउन्डेसनले जनाएको छ ।

यसैगरी, आगजनीबाट विद्यालयका ८३ वटा गाडी, विद्यालयका सबै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर कि त जलाइएका कि लुटिएका फाउन्डेसनको भनाइ छ ।

उक्त विध्वंसले विद्यालयको १ अर्ब २५ करोड रूपैयाँको भौतिक भएको, १ हजार ४६१ विद्यार्थीको भविष्य अनिश्चित भएको र ५०० भन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको फाउन्डेसनले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्