२९ जेठ २०८३, शुक्रबार

नेपाल टेलिकमको ३ अर्बको विवादित ठेक्का स्थगित

असोज ८, २०८२
काठमाडौं
नेपाल टेलिकमको ३ अर्बको विवादित ठेक्का स्थगित

नेपाल टेलिकमले बिलिङ मशिनको ठेक्कासम्बन्धी खोल्न लागेको आर्थिक प्रस्ताव स्थगित गरेको छ ।

टेलिकमले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै अर्को सूचना नआउँदासम्म उक्त प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो ।

‘हालको विशेष परिस्थितिका कारण आर्थिक प्रस्ताव खोल्ने कार्य स्थगित गरिएको छ । आर्थिक प्रस्ताव खोल्ने नयाँ मिति, समय र स्थानसम्बन्धी जानकारी सबै बोलपत्रदाताहरूलाई आधिकारिक सूचनामार्फत पछि प्रदान गरिनेछ,’ टेलिकमले जारी गरेको सूचनामा उल्लेख छ ।

null

यस विषयमा लोकान्तर डट्‌कमले समाचार लेखेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तत्काल होल्ड गरिने प्रतिक्रिया लोकान्तरलाई दिएका थिए ।

सर्वोच्च अदालतको आदेशविपरीत नेपाल टेलिकमले स्वार्थ बाझिने संस्था हुवावेलाई ३ अर्ब रुपैयाँको ठेक्का दिन लागेको थियो ।

गत भदौ ३० गते नै टेलिकमले उक्त कम्पनीको आर्थिक प्रस्ताव खोलेर सम्झौता गर्ने भनेर सूचना प्रकाशन गरेको थियो ।

टेलिकमले गत भदौ ३० गते गोरखापत्रमा उक्त सूचना प्रकाशन गरेर वित्तीय प्रस्तावको खोल्ने मिति असोज ८ गतेका लागि सारिएको उल्लेख थियो ।

यो पनि पढ्नुहोस् 

salt training

कमेन्ट गर्नुहोस्