
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार तरकारीतर्फ गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) ३९, आलु रातो (मुडे) ४३, आलु रातो (भारतीय) ३५ र प्याज सुकेको भारतीय ४० रुपैयाँ कायम गरिएको छ। गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) १००, काउली ६०, रातो मूला ४५, भन्टा लाम्चो १५, भन्टा डल्लो ३० र बोडी (तने) १२० रुपैयाँ प्रतिकिलो पुगेको छ।
त्यसैगरी घिउ सिमी (लोकल) १२०, तीतो करेला ५५, लौका ६०, परवर ७०, घिरौँला ७५, झिगुनी ९०, पाकेको फर्सी ६५, हरियो फर्सी (डल्लो) ३०, सलगम ८५, भिण्डी ८०, पिँडालु ७०, रायो साग १००, पालुङ्गो साग ११०, तोरीको साग ५५, च्याउ (कन्य) १७०, च्याउ (डल्ले) ३२० र कुरिलो ३५० रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ।
फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) २५०, केरा (दर्जन) १३०, कागती १२०, अनार ३००, मौसम १४०, जुनार २३०, तरबुजा ५५, काँक्रो (लोकल) ८०, नास्पाती (चाइनिज) २२०, मेवा (भारतीय) ९०, अम्बा ७०, किबी २५०, सरिफा १०० र आभोकाडो २५० रुपैयाँ तोकिएको छ।
समितिले तोकेको मूल्यहरू थोक मूल्य भएकोले खुद्रा बजारमा केही बढीमा बिक्री हुने गर्दछ।