११ असार २०८३, बिहीबार

गाउँमा नै राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि हुम्लावासी दंग

असोज १४, २०८२
काठमाडौं
गाउँमा नै राष्ट्रिय परिचयपत्र बनाउन पाएपछि हुम्लावासी दंग

हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न शुरू भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ। 

यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा यहाँका नागरिकले हजारौं रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको थियो । पछिल्लो समय हुम्लामा एक महिनाको अवधिमा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रका लागि ‘डाटा’ सङ्कलन गरिएको छ। 

गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानका टोलटोलमा पुगी स्थानीयको राष्ट्रिय परिचयपत्रको डाटा सङ्कलन गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीसहितको सर्वपक्षीय बैठकमा जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र अदानचुली गाउँपालिकाका जनप्रतिनिधि एवं गाउँपालिका अध्यक्षसँग बैठक बस्दा गाउँपालिका अध्यक्षले राष्ट्रिय परिचयपत्र बनाउन पालिकावासीलाई सास्ती भएको गुनासो प्रमुख जिल्ला अधिकारीलाई सुनाएपछि प्रमुख जिल्ला अधिकारीको पहलमा गाउँगाउँमा पुगी राष्ट्रिय परिचयपत्रको डाटा सङ्कलन गरिएको हो ।
   
एक महिनाको अवधिमा नाम्खामा एक हजार १५२, अदानचुलीमा ७१८, खार्पुनाथमा ८८५ र सिमकोटमा ५०८ गरी जम्मा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रको डाटा ‘अफलाइन’ माध्यमबाट सङ्कलन गरिएको र सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालयमा आइपुगेपछि ‘अनलाइन’मार्फत सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्