१० साउन २०८३, आइतबार

वेस्ट इन्डिजविरुद्धका २ खेलमा निलम्बनमा परेका थिए सन्दीप लामिछाने, यस्तो छ कारण

असोज १५, २०८२
काठमाडौं
वेस्ट इन्डिजविरुद्धका २ खेलमा निलम्बनमा परेका थिए सन्दीप लामिछाने, यस्तो छ कारण
फाइल फोटो

नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजसँगको शृंखलाका अन्तिम दुई खेलमा निलम्बन गरिएका कारण सन्दीप लामिछानेले खेल्न नपाएका जानकारी दिएको छ ।

क्यानले आज  विज्ञप्तिमार्फत वेस्ट इन्डिजविरुद्धको टी– २० आई शृंखलामा सन्दीप लामिछाने नखेल्नुको ​कारणबारे प्रष्ट पारेको हो ।

सेप्टेम्बर २७ मा पहिलो खेल शुरू हुनुभन्दा केही समयअघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेका थिए ।

सन्दीपको उक्त निर्णयले टोली व्यवस्थापन तथा समग्र क्रिकेटमा नकारात्मक असर पारेको भन्दै उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ ।

तर, उनले किन नखेल्ने निर्णय गरे भन्नेबारे क्यानले केही जानकारी दिएको छैन ।

यद्यपि क्यानले टी–२० विश्वकप छनोटका लागि भने उनलाई टोलीमा समावेश गर्ने भएको छ ।

यस्तो छ क्यानको विज्ञप्ति: 

null

salt training

कमेन्ट गर्नुहोस्