२२ जेठ २०८३, शुक्रबार

यस्तो छ दशैंको टीका लगाइदिँदा भन्ने मन्त्र

असोज १६, २०८२
काठमाडौं
यस्तो छ दशैंको टीका लगाइदिँदा भन्ने मन्त्र

बडादशैंको मुख्य दिन आज विजयादशमीका अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने प्रचलन छ ।

टीका–प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नुनपर्ने समितिले बर्सेनि बताउँदै आएको छ ।

समितिका अनुसार यसपटक टीका लगाउने क्रममा लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्नेछ ।

 विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–
 आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
 ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
 शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
 विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

 यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरूप मानेर  आशीर्वाद दिइन्छः 

 जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।
 दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

salt training

कमेन्ट गर्नुहोस्