२२ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

जेठ २२, २०८३
काठमाडौं
वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका-३१ बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३५ वर्षीय अस्कर हुमागाई, काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ४५ वर्षीय पबित्रजंग बुढाथोकी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका-७ बस्ने दोलखा घर भएका ४१ वर्षीया बेलु माया तामाङ रहेका छन् । 

पक्राउ परेकामध्ये अस्कर र किशोरले जापान पठाइदिन्छु भन्दै २५ जना पीडितबाट ४० लाख ३० हजार रूपैयाँ, पबित्रजंगले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ र बेलु मायाले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका पीडितहरूको उजुरी छ ।

उनीहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किशोरलाई काठमाडौं महानगरपालिका-६ बाट र पबित्रजंगलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा अस्करलाई काठमाडौं महानगरपालिका-३१ बाट र बेलु मायालाई काठमाडौं महानगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्