२३ जेठ २०८३, शनिबार

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

जेठ २२, २०८३
तनहुँ
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा आज बिहान एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन् ।

स्थानीय १५ वर्षीय प्रवीण भुजेल बल्छीले माछा मार्ने क्रममा बल्छी तान्दा चिप्लिएर नदीमा खसेका थिए ।

नदीमा खसेपछि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायब निरीक्षक तीर्थराज शर्माको कमान्डमा प्रहरी टोली परिचालन गरी खोजी शुरू गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्