२४ जेठ २०८३, आइतबार

भारतमा गरिएको स्वागत नेपाल र नेपाली सबैका लागि हो : रवि लामिछाने

जेठ २२, २०८३
काठमाडौं
भारतमा गरिएको स्वागत नेपाल र नेपाली सबैका लागि हो : रवि लामिछाने
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतमा आफ्नो भ्रमण टोलीलाई गरिएको स्वागत नेपाल र नेपालीका लागि भएको बताएका छन् ।

पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो भ्रमण टोलीलाई गरिएको स्वागत सम्पूर्ण नेपाल र नेपालीका लागि भएको बताएका हुन् ।

सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, 'एउटा अतिथिलाई कसरी सत्कार गर्ने, कुन अतिथिलाई कसरी सत्कार गर्ने भन्ने बोलाउने पक्षले निर्णय गर्ने कुरा हो, भारतीय जनता पार्टीको मुख्यालयमा गरिएको स्वागतलाई अत्यन्तै प्रेमपूर्वक गरियो भनिएको छ, त्यो मेरो व्यक्तिगत, मेरो पार्टीको अथवा मेरो भ्रमण दलमा भएका साथीहरूको लागि होइन, हामीलाई गरिएको स्वागत मुलुकका लागि हो, हामी नेपाल र नेपालीका लागि हो ।'

भारतीय जनता पार्टीको निमन्त्रणमा सभापति लामिछाने पाँच दिने भ्रमणका लागि यही जेठ १८ गते भारत प्रस्थान गरेका थिए ।

रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि पार्टीका तर्फबाट नेतृत्व गर्दै उनको पहिलो भारत भ्रमण हो ।

उनको भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य थिए ।

salt training

कमेन्ट गर्नुहोस्