२३ जेठ २०८३, शनिबार

प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि एसडी मुनीको प्रतिक्रिया : यथार्थ स्वीकार गर्नु साहसिक कदम

जेठ १७, २०८३
काठमाडौं
प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि एसडी मुनीको प्रतिक्रिया : यथार्थ स्वीकार गर्नु साहसिक कदम

प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाबारे संसदमा दिएको अभिव्यक्तिको भारतीय प्राध्यापक एसडी मुनीले प्रतिक्रिया दिएका छन्।

प्राध्यापक मुनीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री बालेनलाई बधाई दिँदै सीमा विवाद एकपक्षीय मात्र नभएको यथार्थ स्वीकार गर्नु साहसिक कदम भएको टिप्पणी गरेका हुन्।

नेपाल–भारत सम्बन्धका जानकार समेत रहेका उनले लेखेका छन्, 'नेपाल–भारत सीमा समस्या एकपक्षीय मात्र होइन भन्ने कुरा साहसका साथ स्वीकार गरेकोमा प्रधानमन्त्री बालेन शाह बधाईका पात्र छन्।'

मुनीले नदीको बहाव परिवर्तनका कारण सुस्तामा नेपालले भारतीय भूमि ओगटेको दाबी समेत गरेका छन्। 'नदीको मार्ग परिवर्तन भएका कारण सुस्तामा नेपाल भारतीय भूमिमा बसेको छ,' मुनीले भनेका छन्।

यद्यपि, मुनीले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले संसदमा सीमा विवादबारे बेलायत (इङ्गल्याण्ड) सरकारसँग पनि कुरा भइरहेको बताएका थिए। मुनीले यसप्रति लक्षित गर्दै भनेका छन्, 'यसलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भने प्रत्युत्पादक सावित हुनेछ।'

आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले भारतले मात्र नभई नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको बताएका थिए। 
 

salt training

कमेन्ट गर्नुहोस्