११ साउन २०८३, सोमबार

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र मलेसिया भिड्दै

असोज १६, २०८२
काठमाडौं
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल र मलेसिया भिड्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बिहीबार मलेसियाको राष्ट्रिय राष्ट्रिय महिला टोलीसँग पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे क्वालालम्पुरमा शुरू हुनेछ । नेपाल र मलेसियाको महिला टोलीबीच हालसम्म ११ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ ।

त्यसमध्ये सात खेलमा नेपालले मलेसियालाई हराएको छ । चार खेलमा भने मलेसियाले नेपाललाई हराएको छ । नेपाल र मलेसियाबीच सन् २०१९ को जनवरी १३ तारिखमा पहिलो खेल भएको थियो ।

त्यो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल र मलेसियाबीच अन्तिम भिडन्त भने सन् २०२४ को फेब्रुअरी १६ तारिखमा भएको थियो । उक्त खेलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको थियो ।

नेपाली महिला टोलीले तीन महिनापछि घरेलु मैदानमा आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका यो शृंखला खेल्न लागेको हो ।

नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, राजमती ऐरी, सम्झना खडका, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी र कविता कुँवर रहेका छन् ।

मलेसिया भ्रमणका क्रममा नेपालले आयोजक राष्ट्रसँग पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ ।

दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ । चौथो खेल मंगलबार र पाँचौं खेल बुधबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्