२७ असार २०८३, शनिबार

सुत्केरीसहित २ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार

असोज १९, २०८२
काठमाडौं
सुत्केरीसहित २ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार

इलामको माङ्सेबुङ गाउँपालिका– १ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ ।

उनीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माङसेबुङ गाउँपालिका, इलाम नगरपालिका र मानेभञ्ज्याङ इलाकामा पहिरोबाट क्षति भएकाले २१ बाहिनी अड्डा र अन्तर्गतका इकाइबाट सुरक्षाकर्मी परिचालन गरिएको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्