२४ असार २०८३, बुधबार

विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड

असोज २२, २०८२
काठमाडौं
विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड

बिटक्वाइनको मूल्य बढ्दै नयाँ उच्चतम बिन्दुमा पुगेको छ। रोयटर्सका अनुसार एउटा बिटक्वाइनको मूल्य १ लाख २५ हजार ८३५ अमेरिकी डलर पुगेको हो, जुन नेपाली रुपैयाँमा करिब १ करोड ७८ लाखभन्दा बढी पर्छ।

यो वर्ष मात्रै बिटक्वाइनको मूल्य ३३ प्रतिशतभन्दा बढी बढेको छ। विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्रिप्टोमैत्री नीति र संस्थागत लगानीकर्ताको माग बढेसँगै मूल्य उक्लिएको हो।

नेपालमा भने क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध छ। मुलुकी अपराध संहिता अनुसार बिटक्वाइनजस्ता डिजिटल मुद्रामा कारोबार गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्छ।

salt training

कमेन्ट गर्नुहोस्