
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार गुप्तासहित तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी, घरजग्गा व्यवसायी तथा विचौलिया सुजनकुमार लामा भन्ने सुजन तामाङ, खेमबहादुर पुन, यमकुमारी गुरुङ र तुल्सीराम बुढामगरविरुद्ध मुद्दा दायर गरेको हो ।
कास्कीको पोखरामा रहेको लिची बगैँचाको जग्गा प्रकरणमा पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठविरुद्ध आयोगले जनही ७८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो । श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन् ।
तत्कालीन मालपोत प्रमुख अधिकारी र विचौलिया तामाङविरुद्ध पनि ७८ लाख नै बिगो कायम गरिएको छ ।
त्यसैगरी पुनविरुद्ध २५ लाख, अर्का प्रतिवादी यामकुमारी गुरुङ र बुढामगरविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यसैगरी तत्कालीन भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्री बलराम अधिकारी र तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध घुस रिसवत लिए/दिएको विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
तत्कालीन मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको, तत्कालीन सचिव पोखरेलले ५ लाख नगद, १० हजारको सामान, रक्सी र २ वटा वन कुखुरासमेत घुस लिएको भन्ने विषयमा पूरक अनुसन्धान भइरहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी तत्कालीन सांसद तथा पूर्वमन्त्री श्रेष्ठको हकमा थप ११ लाख रुपैयाँ घुस लेनदेन गरेको विषयमा समेत छुट्टै अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यस्तै, तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र तीनै घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियोसमेत रहेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
पोखरा महानगरपालिका– १६ बाटुलेचौरमा रहेको झण्डै १३५ रोपनी जग्गा हत्याउन ठूलो चलखेल भएको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो ।
यस्तो छ अभियोगपत्र :