२५ असार २०८३, बिहीबार

दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

असोज २३, २०८२
बर्दिया
दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई पक्राउ गरेर सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको हो । 

प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा  खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताए ।

घटनापछि अनुसन्धानका क्रममा पक्राउ पेरका तिरुवाले  बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्