
झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ इलाम रोड बस्ने ४७ वर्षीय दिलीपकुमार यादव छन् । उनलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दिलीपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।