२३ जेठ २०८३, शनिबार

सामसङ नेपालले ल्यायो ‘तिहारको मुड, सबै गुड’ अफर

असोज २५, २०८२
काठमाडौं
सामसङ नेपालले ल्यायो ‘तिहारको मुड, सबै गुड’ अफर

सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन  ‘तिहारको मुड, सबै गुड !’ घोषणा गरेको छ । 

यो अफरले नेपालभरका ग्राहकलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने कम्पनीले जनाएको छ ।

यो अफर भोलि आइतबार (असोज २६)देखि कार्तिक ३० गतेसम्म देशभरका अधिकृत सामसङ विक्रेता लागू हुनेछ । यस अवधिमा ग्राहकले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिनमा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादन किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउने कम्पनीको भनाइ छ ।

ग्राहकले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत् पठाएर भाग लिन सक्नेछन् ।

null

“Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउन सकिने कम्पनीले जनाएको छ । (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)। पठाएपछि तुरुन्तै एसएमएसमार्फत् पुष्टि सन्देश प्राप्त हुनेछ।

विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा सामसङ प्लाजा र बिग डिजिटका फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिने बताइएको छ । 

त्यसैगरी, सामसङले InstaFinance सेवामार्फत ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्प उपलब्ध गराएको छ । 

null

यसका लागि केवल नागरिकताको प्रमाणपत्र आवश्यक हुनेछ। साथै, पुराना टिभी वा होम अप्लायन्सहरू अर्कोस्टोर (ArkoStore) वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा ७ हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्