२५ असार २०८३, बिहीबार

करिब २९ लाखको पटकासहित १ जना पक्राउ

असोज २६, २०८२
काठमाडौं
करिब २९ लाखको पटकासहित १ जना पक्राउ

कञ्चनपुरमा पटकासहित १ जना पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका- ३ बस्ने ४९ वर्षीय खडक पाल छन् । उनलाई करिब २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ बराबरको विभिन्न प्रकारका पटकासहित शनिबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पटका बरामद गरेको थियो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्