
हमासले मुक्त गरेका सातजना इजरायली बन्धक अहिले रेडक्रसमार्फत् मुक्त भएका छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको टोलीले इजरायली सेनाको जिमम्मा लगाएको हो ।
हमासले रेडक्रसमार्फत् इजरायली सेनालाई हस्तान्तरण गरिएकाहरूमा सबैजना इजरायली नागरिक छन् ।
जसमा इटान मोर, गली बर्मन, जीव बर्मन, ओम्री मिरा, एलोन रोहेल, गए गिल्बोआ-दलाल र मटन एग्रेस्ट रहेका छन् । उनीहरूलाई हमासले गाजा सिटीमा रेडक्रसको जिम्मा लगाएको थियो ।
यी बन्धकहरूलाई इजरायली विशेष बलले गाजाबाट बाहिर ल्याएर रे’इम नजिकको सैनिक शिविरमा प्रारम्भिक स्वास्थ्य परीक्षण र आफ्ना परिवारसँग भेट गराउन लगिँदैछ ।
बाँकी १३ जना जीवित बन्धकहरूलाई सोमबार बिहानपछि गाजाका विभिन्न स्थानहरूबाट मुक्त गरिने छ।