२५ असार २०८३, बिहीबार

कैलालीमा एक युवामाथि आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

असोज २८, २०८२
कैलाली
कैलालीमा एक युवामाथि आक्रमण गरेको अभियोगमा ११ जना पक्राउ

कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२ वर्षीय गौरव ऐरमाथि गरिएको आक्रमणको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगअन्तर्गत उनीहरूलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले धनगढी उपमहानगरपालिका, नेपाल–भारत सीमामा रहेको त्रिनगर भन्सार क्षेत्रबाट आरोपित व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिकाका भीम नेपाली, अनुपम सिंह, मुस्कान सिंह, बबिन सिंह, गोपाल भट्ट, विशाल बोहरा, प्रिन्स सिंह र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किरण महरा, गोविन्द बलायर तथा पुनर्वास नगरपालिकाका दिनेश विक र अनिल विक छन् । 

उक्त होटेलमा दुई दिनअघि धारिलो हतियार प्रहार गरी डडेलधुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय ऐरमाथि आक्रमण भएको थियो । 

गम्भीर घाइते ऐरको हाल भारतको रुद्रपुर अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्