२८ जेठ २०८३, बिहीबार

एनटीसीको जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज

असोज ३०, २०८२
काठमाडौं
एनटीसीको जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज

नेपाल टेलिकमले ग्राहकको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको छ । 

भोलि शुक्रबार (असोज ३१ गते)देखि लागू हुनेगरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रूपमा पुन: प्याकेज खरिद हुनेगरी रिनेवल प्याकेज सञ्चालनमा ल्याउन लागेको हो । 

साविकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रूपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो-रेटको आधारमा रकम काटिने र त्यसपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वत: सोही प्याकेज नवीकरण हुने व्यवस्था लागू गरिएको छ ।

अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दा उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानीपश्चात् मात्र सेवा सुचारू हुनेछ । यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

ग्राहहकले बढी वा कम रिसोर्सेजसहितका अन्य रिकरिङ प्याकेज खरिद गर्न चाहेमा वा साविकका नर्मल एसएमएस र डेटा प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ । 

एउटा रिकरिङ प्याकेज चलिरहेको अवस्थामा अन्य रिकरिङ प्याकेज खरिद गरेमा उक्त प्याकेज पेन्डिङ अवस्थामा रहनेछ र पेन्डिङ प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र एक्टिभ हुनेछ । 

अन्य नर्मल प्याकेज लिएको हकमा भने  भ्यालिडीटी कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ । सेवा डिएक्टिभेट गर्न चाहने ग्राहकले जीएसएम पोस्टपेड अफसर (Rs. 300) सब्सक्राइब गरी रिकरिङ सेवा बन्द गर्न सक्नेछन् ।

रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारू गर्न *1415*2*4# डायल गरी छनोट गर्नुपर्नेछ । थप जानकारीका लागि नेपाल टेलिकमको नम्बरबाट १४९८ मा कल गर्न सकिने कम्पनीका प्रवक्ता  रविन्द्र मानन्धरले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्