०७ साउन २०८३, बिहीबार

पेरुमा जेनजी प्रदर्शन, एक साताअघि मात्रै बनेका राष्ट्रपतिको राजीनामा मागियो

असोज ३१, २०८२
काठमाडौं
पेरुमा जेनजी प्रदर्शन, एक साताअघि मात्रै बनेका राष्ट्रपतिको राजीनामा मागियो

जेनजी पुस्ताको आन्दोलन दक्षिण अमेरिकी देश पेरुमा पनि चर्किएको छ । भ्रष्टाचारको विरोधमा जेनजी समूहका युवाहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा बिहीबार एक युवकको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसमा ८० प्रहरी अधिकारी र १० पत्रकार पनि छन्।

विरोध प्रदर्शनको क्रममा जेनजीको नेतृत्वमा हजारौं युवाहरूले नयाँ राष्ट्रपति जोसे जारीको राजीनामाको माग गरेका छन् । यद्यपि, राष्ट्रपति जारले राजीनामा दिन स्पष्ट रूपमा अस्वीकार गरेका छन् । 

संसद्‌ले पूर्वराष्ट्रपति दिना बोलुआर्टेलाई हटाएपछि जार अक्टोबर १० मा सत्तामा आएका थिए । जेरी पछिल्लो पाँच वर्षमा छैटौं राष्ट्रपति हुन् । 

जेनजी विरोध प्रदर्शनले विगत एक महिनामा नेपालसहित मेडागास्करमा सत्ता परिवर्तन भएको छ । 

यसबाहेक केन्या, मोरक्को र बोत्सवाना जस्ता देशहरूमा पनि जेनजी नेतृत्वमा विरोध प्रदर्शनहरू भएका छन् ।

कमेन्ट गर्नुहोस्