२९ जेठ २०८३, शुक्रबार

एनसेलको सीईओमा माइकल फोले नियुक्त

असोज ३१, २०८२
काठमाडौं
एनसेलको सीईओमा माइकल फोले नियुक्त

एनसेलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माइकल फोले नियुक्त भएका छन् ।

आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा फोलेलाई नियुक्त गरिएको हो ।

दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा शीर्ष नेतृत्वको अनुभव बोकेका फोलेले एयरटेल फ्रेन्च अफ्रिका, टेलिनोर पाकिस्तान, ग्रामीणफोन (बङ्गलादेश), र टेलिनोर (बुल्गेरिया)मा सीईओको रूपमा भूमिका निवार्ह गरेका छन् ।

यसका साथै उनले टामीर माइक्रोफाइनान्स, टेलिनोर हेल्थ र अफ्रिकाको वाटु डीआरसी एसएका अध्यक्षसमेत रहेर काम गरिसकेका छन् ।

एनसेलको सञ्चालक समितिले फोलेको अनुभव र रणनीतिक दृष्टिकोणले कम्पनीको रुपान्तरणलाई मार्गदर्शन गर्ने र समुदायलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउने जनाएको छ ।

फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीडबाट ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेट प्राप्त गरेका छन्।

उनी क्यानडा–केन्या दुवैको नागरिक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्