१८ असार २०८३, बिहीबार

पाल्पामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

कात्तिक ४, २०८२
पाल्पा
पाल्पामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ ।

गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मीनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।

विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान् ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएका प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकामा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।

गएराति १२ः३५ बजे प्रहरीलाई खबर आउनसाथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न विश्वकर्मालाई पक्राउ गरेको हो ।

घरमै लुकीछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

कुटपिटमा धारिलो हतियारसमेत प्रयोग भएको स्थानीयले बताएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्