१२ साउन २०८३, मंगलबार

आठौं पिस फिटनेश सेन्टर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, ७५ वर्षीय खेलाडी केसी सम्मानित

कात्तिक ४, २०८२
काठमाडौं
आठौं पिस फिटनेश सेन्टर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, ७५ वर्षीय खेलाडी केसी सम्मानित

विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवत् २०८२ को अवसरमा पिस फिटनेस सेन्टरले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

गत शनिबारबाट आयोजना भएका मेन्स डबल खुल्ला, मेन्स डबल भेट्रान्स र मेन्स डबल सुपर भेट्रान्स अन्तर्गतको खेलहरू आज सम्पन्न भएका हुन् ।​ 

काठमाडौं महानगर पालिका वडा नम्बर ३२ र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६, ७, ८, ९ का ब्याडमिन्टन खेलाडीहरूको सहभागिता रहेको फाइनल खेलमा मेन्स डबलतर्फ दिनेश केसी र अनुप घिमिरेको जोडीले उमेश धिताल र कुन्दन कडरियाको जोडीलाई तेस्रो सेटमा पराजित गरेका थिए ।

अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा भएको खेलमा पहिलो सेट २३-२१ ले उमेश धिताल र कुन्दन कडरियाको टिमले जिते पनि दोस्रो र तेस्रो सेट क्रमशः २१-१६ र २१-१८ को अन्तरले दिनेश र अनुपको जोडीले जितेको हो ।

त्यस्तै आजै भएको मेन्स डबल भेट्रान्समा गणेश थापा र अशोक उदासको जोडीले विष्णु बस्नेत र रामचन्द्र कार्कीको जोडीलाई सोझो सेटमा पराजित गरेको थियो ।

दर्शकहरुको बाक्लो उपस्थिति रहेको र अत्यन्तै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा थापा र उदासको जोडीले २१-१६ र २१-१७ को स्कोरमा विपक्षी जोडीलाई पराजित गरेको हो।​

null

पिस फिटनेश सेन्टरको आयोजनामा भएको प्रतियोगितामा आजै सम्पन्न मेन्स डबल सुपर भेट्रान्स समूहमा गोपाल खापुङ मगर र मणी गौतमको जोडीले श्रीराम खड्का र कालिदास देवकोटाको जोडीलाई सोझो सेटमा २१-१८ र २१-१६ को अन्तरले पराजित गरेको हो ।

पिस फिटनेश सेन्टरको कवर्डहलमा भएको प्रतियोगितमा मेन्स डबल खुल्लामा ४७ टिम, मेन्स डबल भेट्रान ४५ वर्ष समूहमा ३९ र मेन्स डबल ५५ वर्ष उमेर समूहका १७ टिम खेलाडी रहेका थिए ।​ 

सञ्जय कपालीको नेतृत्व, नरेन्द्रराज न्यौपानेको संयोजन र ब्याडमिन्टनका राष्ट्रिय रेफ्री राजु दउजाले सञ्चालन गरेको प्रतियोगितामा विजयी खेलाडीहरूलाई आजै महालेखा परीक्षक तोयमराज राय, मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य कमलप्रसाद भट्टराई, सिनामंगल नगरसेवा समाजका अध्यक्ष विजयराज पौडेल, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठले नगद, स्वर्ण, कास्य र रजत पदक, ट्रफीलगायत अन्य पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा इमर्जिङ खेलाडीमा कुन्दन कडरियालाई पुरस्कृत गरिएको थियो भने ७५ वर्षीय खेलाडी देवराज केसीलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्