२७ असार २०८३, शनिबार

चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला

कात्तिक ४, २०८२
काठमाडौं
चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला

चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बरालको मूख्य भूमिकामा रहेको सिनेमाको अग्रिम बुकिङ खुला भएको हो ।
मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ ।

‘धेरै चलचित्र रहेकाले सोही अनुसारको शो हाम्रो चलचित्रले पाएको छ,’ निर्देशक सुरेन्द्र पौडेलले भने, ‘रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो चलचित्र बनाएका छौँ ।’

‘वरिष्ठ बलराम’ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन् । ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले चलचित्र पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ ।

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । कात्तिक ६ गते भाइटीकाबाट यो चलचित्र रिलिज हुँदैछ ।
‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 

फिल्ममा सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्