
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनपछि आफूमाथि विभिन्न आरोप लागेपछि कडा प्रतिवाद गरेका छन् ।
उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन ? भन्दै नेताहरूमाथि कटाक्ष गरेका हुन् । 'चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?,' उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
यस्तो छ उनको स्टाटस
तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्,
यो देश विदेशीले बिगार्यो,
भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ,
अरूलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ,
कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?