२३ असार २०८३, मंगलबार

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

कात्तिक ७, २०८२
काठमाडौं
युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले बिहीबार जनाएको छ। 

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयबाट अनलाइन पत्रकार सम्मेलनमा भने, “जे प्रवेश गरिरहेको छ, त्यो पर्याप्त छैन। स्थिति अझै भयावह छ।”

“अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच अक्टोबर १० देखि युद्धविराम लागू भएपनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी आएको छैन किनकि त्यहाँ पर्याप्त खाना छैन,” उनले थपे।  

इजरायलले युद्धको क्रममा गाजा पट्टीलाई दिने सहायता बारम्बार बन्द गर्दा गम्भीर मानवीय अवस्थालाई अझ खराब बनाएको थियो। संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनको केही भागमा भोकमरीको अवस्था रहेको जनाएको छ ।

सन् २०२५ को सुरुदेखि गाजामा कुपोषणको प्रभावबाट ४११ जनाको मृत्यु भएको र यसमध्ये १०९ बालबालिका रहेका प्यालेस्टाइन क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले पत्रकारहरूसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्