०५ साउन २०८३, मंगलबार

एसियाली युथ गेम्समा सहभागी हुने जुडो टोलीको बिदाइ

कात्तिक ९, २०८२
काठमाडौं
एसियाली युथ गेम्समा सहभागी हुने जुडो टोलीको बिदाइ

​तेस्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली युथ गेम्स प्रारम्भ भइसके पनि जुडोको प्रतिस्पर्धा भने अक्टोबर २९ तारिखदेखि हुनेछ ।

जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले प्रतिस्पर्धा गर्नेछिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) की खेलाडी हुन् ।

समितिको प्रशिक्षकमा राष्ट्रिय टिमकी सदस्य देवकीमाया श्रेष्ठ रहेकी छिन् । पामको सहायक जुडो प्रशिक्षक देवकी पनि पामकै उत्पादन हुन् ।

टोलीलाई नागार्जुन नगरपालिका वडा नम्बर १ ले आइतबार बिदाइ गरेको छ । 

वडा १ का अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र पामका सदस्य छविन्द्र श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष लामाले समिताले पदक जिते व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए । 

खेलाडी र प्रशिक्षकसँगै नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबार नै बहराइन जाने छन् ।

salt training

कमेन्ट गर्नुहोस्