१० साउन २०८३, आइतबार

आईसीसी क्रिकेट विश्वकप लिग–२ : चौथो विकेट गुमाएपछि दबाबमा नेपाली टोली

कात्तिक ९, २०८२
काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग–२ : चौथो विकेट गुमाएपछि दबाबमा नेपाली टोली
फाइल फोटो

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ शृंखलाको आफ्नो पहिलो खेलमा आइतबार अमेरिकाले दिएको दुई सय ६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

चौथो नम्बरमा क्रिज समाल्न आएको रोहित केवल दुई रन बनाउँदै आउट भए । उनलाई शुभम रन्जनले मुक्कमलद्वारा क्याच गराए ।

२१औं ओभरको चौथो बलमा रोहित आउट हुँदा नेपालले ७९ रन बनाएको छ । चौथो विकेट खसेसँगै नेपाली टोली दबाबमा परेको छ ।

नेपाललाई जीतका लागि थप एक सय ८४ रन आवश्यक छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्