१६ असार २०८३, मंगलबार

आमासँग झगडा नगर्नु भनेर सम्झाउँदा बुवाले गरे छोराको हत्या

कात्तिक १०, २०८२
विराटनगर
आमासँग झगडा नगर्नु भनेर सम्झाउँदा बुवाले गरे छोराको हत्या

पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ को भदौरेमा बाबुले छोराको हत्या गरेका छन् ।

बुवा  बखत सिंह लिम्बूले गोली प्रहार गर्दा छोरा सफलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका बाबु ५२ वर्षे बखत सिंह लिम्बूले घरमा राखेको भरुवा बन्दुकबाट गोली प्रहार गरी छोरा सफलको हत्या गरेको तामाङले जानकारी दिए ।

'बाबु-आमाको झगडा भएको रहेछ । झगडा नगर्नु भनेर सम्झाउँदा छोरालाई नै गोली प्रहार गरेको देखिन्छ,' प्रहरी निरीक्षक तामाङले भने । 

मृतक सफलको शव पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । 

घटनापछि दुर्दिम्बा प्रहरी चौकीबाट गएको प्रहरीले बखत सिंह लिम्बूलाई पक्राउ गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्