२४ असार २०८३, बुधबार

पाँच वर्षपछि भारत र चीनबीच पुनः सिधा उडान

कात्तिक १०, २०८२
काठमाडौं
पाँच वर्षपछि भारत र चीनबीच पुनः सिधा उडान

भारतको कोलकाताबाट लगभग १८० यात्रु बोकेको इन्डिगोको उडान ६ई-१७०३ सोमबार चीनको ग्वाङ्झाउ पुगेको छ । यससँगै, भारत र चीनबीचको सिधा उडान लगभग पाँच वर्षपछि पुनः शुरू भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

कोभिड-१९ महामारीको समयमा २०२० को शुरूमा दुई देशबीच सिधा उडानहरू निलम्बित गरिएको थियो ।

त्यही वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपपछि उडानहरू पुनः शुरू हुन सकेको थिएन । 

यद्यपि, दुई देशबीचको सम्बन्ध बिस्तारै सुधार हुँदै गइरहेको छ । गत वर्ष, दुवै पक्षले सीमा गस्तीमा ऐतिहासिक सम्झौतामा पनि हस्ताक्षर गरेका थिए ।

यस वर्ष अगस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीनको भ्रमण गरेका थिए र सोही महिना चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारतको भ्रमण गरेका थिए।

भारत सरकारले उडान पुनः शुरू गर्नाले जनता-जनताबीचको सम्पर्क बढ्ने र बिस्तारै द्विपक्षीय सम्बन्धलाई सामान्य बनाउन मद्दत गर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्