
१७ वर्षीय छोरा सफल लिम्बूको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका- ८ भदौरे बस्ने ५२ वर्षीय बखतसिंह लिम्बू छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घर नजिकैको बारीमा बखतले भरुवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।