२७ असार २०८३, शनिबार

सरकारले फिर्ता बोलायो माधव नेपालका सबै सुरक्षाकर्मी

कात्तिक ११, २०८२
काठमाडौं
सरकारले फिर्ता बोलायो माधव नेपालका सबै सुरक्षाकर्मी
फाइल फोटो

सरकारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतमा पाउँदै आएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएको छ । 

भ्रष्टाचार मुद्दाका अभियुक्त भएकाले उनको सुविधा कटौती गरेर सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।

स्रोतका अनुसार अहिले दुई जना पीएसओ मात्रै राखेर अरू सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो । 

मापदण्डअनुसार उनले पाउने दुई जना कायमै राखेर अरू सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्